• २०८१ असार ९ गते शनिवार

नेपाल सुपर लिग: उपाधिका लागि आज धनगढी र ललितपुर भिड्ने

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पुस १४, काठमाडौँ । नेपाल सुपर लिग फुटबलको फाइनल खेल आज हुँदैछ । दशरथ रंगशालामा साँझ साढे पाँच बजे हुने फाइनलमा उपाधिका लागि धनगढी एफसी र ललितपुर सिटीबीच प्रतिस्पर्धा हुनेछ ।

लिग चरणमा ८ खेलमा ३ मा जित, ४ बराबरी र एक खेलमा हार बेहोरेर १३ अंकसहित दोस्रो स्थानमा रहँदै प्लेअफमा पुगेको धनगढीले पहिलो क्वालिफायरमा पोखरा थण्डर्सलाई पराजित गर्दै फाइनलमा पुगेको थियो । त्यस्तै लिग चरणमा ८ खेलमा २ जित, ४ बराबरी र २ हार बेहोरेको ललितपुर सिटीले इलिमिनेटरमा काठमाडौँ रेजर्सलाई र दोस्रो क्वालिफायरमा पोखरा थण्डर्सलाई पराजित गर्दै फाइनलमा पुगेको हो ।

धनगढी एनएसएलको पहिलो सिजनको उपविजेतासमेत हो । २०२१ मा सम्पन्न पहिलो सिजनमा धनगढी काठमाडौँ रेजर्ससँग १–० गोल अन्तरले पराजित भएर उपविजेता बनेको थियो । त्यस्तै ललितपुर सिटी एफसी भने पहिलो पटक फाइनलमा पुगेको हो । यसअघि पहिलो सिजनमा ललितपुर दोस्रो क्वालिफायरमा काठमाडौँ रेजर्ससँग ३–० गोलले पराजित हुँदै बाहिरिएको थियो ।

प्रतिक्रिया दिनुहोस