मंसिर १४, काठमाडौं । अमेरिकाका पूर्व विदेशमन्त्री हेन्री किसिन्जरको १०० वर्षको उमेरमा निधन भएको छ। उनले निक्सन र फोर्ड प्रशासनको समयमा अमेरिकाको शीर्ष कूटनीतिज्ञ र राष्ट्रिय सुरक्षा सल्लाहकारको रूपमा सेवा गरेका थिए।
उनले स्थापना गरेको राजनीतिक परामर्शदातृ संस्था किसिन्जर एसोसिएट्सले एउटा विज्ञप्तीमा जर्मनीमा जन्मेका पूर्व कूटनीतिज्ञको उनकै घरमा मृत्यु भएको जनाएको छ। उक्त विज्ञप्तीमा उनको मृत्युको कारण भने खुलाइएको छैन।
आफ्नो दशकौँ लामो कूटनीतिक तथा राजनीतिक जीवनमा किसिङ्गरले अमेरिकी विदेश र सुरक्षा नीतिमा महत्त्वपूर्ण भूमिका खेलेका थिए। यद्यपि उनले खेलेका कैयौँ भूमिकाहरू विवादास्पद पनि रहे।