• २०८१ फाल्गुन ७ गते बुधवार

नेपाल सुपर लिग: आज धनगढी र बुटवल भिड्दै

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर १४, काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) आज साविक उपविजेता धनगढी एफसी र बुटवल लुम्बिनी एफसीबीच प्रतिस्पर्धा हुँदैछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने यी दुईबीचको खेल साँझ साढे ५ बजे हुनेछ ।

आजको खेलमा धनगढी लगातार दोस्रो जितको खोजीमा हुँदा बुटवल पहिलो तीन अंक जोड्ने लक्ष्यमा हुनेछ । धनगढीले पहिलो खेलमा वीरगन्ज युनाइटेडलाई २–१ ले हराएको थियो । यता, बुटवल लुम्बिनी भने पहिलो खेलमा ललितपुर सिटी एफसीविरुद्ध २–० ले पराजित भएको थियो ।

एक खेलबाट तीन अंक जोडेको धनगढी तालिकाको चौथो स्थानमा छ । अंकविहीन बुटवल तालिकाको पुछारमा छ ।

प्रतिक्रिया दिनुहोस