• २०८० मङ्सिर १९ गते मङ्गलवार

भारतमा रेल दुर्घटना हुँदा ६ जनाको मृत्यु

२५ जना भन्दा बढी घाइते
खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

कात्तिक १३, काठमाडौं । भारतको आन्ध्र प्रदेशमा दुईवटा रेल आपसमा ठोक्किँदा ६ जनाको मृत्यु भएको छ भने २५ जना भन्दा धेरै घाइते भएका छन्। विशाखापट्टनम-पलासा र विशाखापट्टनम-रायगडा चल्ने दुई रेल आपसमा ठक्कर खाँदा दुर्घटना भएको भारतीय समाचार एजेन्सी पीटीआईले जनाएको छ।

आन्ध्र प्रदेशका मुख्यमन्त्री जगन मोहन रेड्डीले रेल दुर्घटनाका मृतक र घाइतेको तत्काल उद्धार तथा राहतका लागि विभिन्न विभाग, स्वास्थ्य, प्रहरी, राजस्व लगायतका निकायलाई निर्देशन दिएका छन्।

प्रतिक्रिया दिनुहोस