• २०८१ माघ १ गते मङ्गलवार

सुनको मूल्य बढ्यो

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असार १५, काठमाडौं ।  चालु साताको अन्तिम कारोबार दिन शुक्रबार सुनको भाउ सामान्य बढेको छ। शुक्रबार सुनको भाउ तोलामा २०० रुपैयाँले बढेको छ । योसँगै प्रतितोला छापावाल सुन १ लाख ९ हजार ६०० रुपैयाँ र तेजाबी सुन १ लाख ९ हजार १०० रुपैयाँ कायम भएको छ।

बिहीबार सुनको भाउ तोलामा ६०० रुपैयाँले घटेको थियो। यो दिन प्रतितोला छापावाल सुन १ लाख ९ हजार ४०० रुपैयाँ र तेजाबी सुन १ लाख ८ हजार ९०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज चाँदीको मुल्य तोलामा १० रुपैयाँले घटेर १ हजार ३६० रुपैयाँ कायम भएको छ। बिहीबार पनि तोलामा ५ रुपैयाँले घटेर चाँदी १ हजार ३७० रुपैयाँमा किनबेच भएको थियो।

प्रतिक्रिया दिनुहोस