वैशाख १७, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न बालुवाटार पुगेका छन् ।
बैशाख १० गते भएको उपनिर्वाचन चितवन –२ बाट प्रतिनिधि सभा सदस्यमा दोस्रो पटक निर्वाचित भएपछि लामिछाने बालुवाटार पुगेका हुन् । भेटमा प्रधानमन्त्री प्रचण्डले लामिछानेलाई बधाई दिएका छन् ।