• २०८० मङ्सिर १२ गते मङ्गलवार

अमेरिकी उपमन्त्रीले आज उच्चस्तरीय राजनीतिक भेटवार्ता गर्ने

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

माघ १६, काठमाडौं । अमेरिकाकी राजनीतिक मामिला उपमन्त्री भिक्टोरिया नुल्याण्डले सोमबार उच्चस्तरीय राजनीतिक भेटवार्ता गर्दैछिन्। आइतबार साँझ काठमाडौं आइपुगेकी नुल्याण्डले सोमबार शुरुमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेट गर्नेछिन्।

भेट बालुवाटरमा ९:४० मा तय भएको प्रधानमन्त्रीका स्वकीय सचिव सूर्यकिरण शर्माले जानकारी दिए। त्यसलगत्तै उनले ११ बजे सिंहदरबार पुगी परराष्ट्रमन्त्री डा. विमला राई पौडेलसँग भेट गर्नेछिन्। यस्तै एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटवार्ता गर्ने कार्यक्रम छ।

भेटमा एमसीसी परियोजना कार्यान्वयन लगायतका विषयमा छलफल हुने बताइएको छ। ​नुल्याण्डले पाटन दरबार स्क्वायरको पनि भ्रमण गर्ने कार्यक्रम तय भएको छ।

प्रतिक्रिया दिनुहोस