• २०८१ जेष्ठ ३० गते बुधवार

बलात्कार मुद्दामा सन्दीप दोषी ठहर, सजाय पुस २५ मा तोकिने

खबर24नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पौष १३, काठमाडौं । जिल्ला अदालत काठमाडौंले क्रिकेटर सन्दीप लामिछानेलाई बलात्कार आरोपमा दोषी ठहर गरेको छ । काठमाडौँ जिल्ला अदालतका न्यायाधीश शिशीरराज ढकालको एकल इजलासले बलात्कार आरोपमा सन्दीपलाई दोषी ठहर गरेको हो ।

अदालतले गौशाला २६ नाबालिक नरहेको ठहर गर्दै सन्दीपले कमजोर आर्थिक अवस्थाको फाइदा उठाउँदै बलात्कार गरेको ठहर गरेको छ । अब सन्दीपलाई दिने सजाय पुस २५ गते निर्धारण हुने भएको छ ।

जिल्ला अदालत काठमाडौंले मुलुकी फौजदारी अपराध संहिता २०७४ को २१९ (ङ) अनुसार सजाय गर्ने फैसला गरेको छ । जस अनुसार बलात्कार अभियुक्तलाई ७ देखि १० वर्ष जेल सजाय हुने उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस