• २०८१ जेष्ठ ३१ गते बिहिवार

जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ

खबर24नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पौष १३, धादिङ। धुनिवेशी नगरपालिका-६ धार्के बस्ने जिवन रेग्मीको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका-५ पुरानो धार्के बस्ने ४० वर्षीय विशाल मानन्धर समेत ६ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

ईलाका प्रहरी कार्यालय खानिखोलाबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५७ हजार ८० रूपैयाँ र ६ बुक ताससहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस