• २०८१ जेष्ठ ३१ गते बिहिवार

भ्याली च्याम्पियनसिप फुटसल : उद्घाटन खेलमा तारकेश्वर ६ विजयी

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असार १४, काडमाडौं । नेकपा एमालेको युवा संगठन राष्ट्रिय युवा संघ नेपालको आयोजनामा काठमाडौं उपत्यकास्तरीय भ्याली फुटसल च्याम्पियनसिपको उद्घाटन खेलमा तारकेश्वर ६ विजयी भएको छ । तारकेश्वर नगरमा रहेका वडाहरु विच भएको प्रतियोगिता तारकेश्वर वडा ४ (बि) टिमलाई २-० गोल अन्तरले वडा ६ विजयी भएको हो ।

तारकेश्वरको १० टिम बिच खेल भएको हो । प्रतियोगितामा तारकेश्वरबाट २ महिला टोलिको पनि सहभागिता रहेको छ । आजै भएको महिला फुटसल खेलमा तारकेश्वर ४ ले तारकेश्वर ९ लाई २-० अन्तरमा पराजित गरेको छ ।

काठमाडौंको तारकेश्वर नगरपालिका- ७, फुटुङस्थित फुटसल मैदानमा राष्ट्रिय युवा संघका अध्यक्ष क्षितिज थेबेले उद्घाटन गर्नुभएको प्रतियोगिता आजदेखि सुरु भई काठमाडौं, ललितपुर र भक्तपुरका १६ देखि २४ वर्ष उमेर समूहका झण्डै ५०० फुटसल टिमको सहभागिता रहने आयोजकले जानकारी दिएको छ ।

प्रतियोगिताको विजेता टिमले २ लाख र उपविजेताले १ लाख नगद पुरस्कार पाउनेछन् । त्यस्तै एक जना उत्कृष्ट खेलाडी र उत्कृष्ट गोलरक्षकले १०/१० हजार नगद पाउनेछन् ।

राष्ट्रिय युवा संघका अनुसार आजदेखि उपत्यकाका २१ वटा स्थानीय तहमा २२ असारसम्म पालिका च्याम्पियनसिपका लागि आ-आफ्नो पालिकामा वडास्तरीय च्याम्पियनसिप खेलाइनेछ । पालिका च्याम्पियनहरूका बीचमा २३ असारमा फाइनल खेल हुनेछ ।

प्रतिक्रिया दिनुहोस