• २०८० फाल्गुन १० गते बिहिवार

सरकारी बजेटलाई विश्वास गर्न कठिन : सांसद वाग्ले (भिडियाेसहित)

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ १५, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद स्वर्णिम वाग्लेले, सरकारले ल्याएको बजेट विश्वास गर्न कठिन रहेको टिप्पणी गरेका छन् । सरकारले आर्थिक वर्ष २०८०÷८१ को बजेट प्रस्तुत गरेपछि संचारकर्मीहरुसँग कुराकानी गर्दै उनले १५ सय ५० अर्ब नाग्दैन भनेको बजेट २ सय अर्ब थपिएर ल्याईएको भन्दै त्यसले अविश्वासको विऊ रोपेको टिप्पणी गरे ।

उनले भने ‘१७ सय ५१ अर्बको बजेट ल्याईएको छ । पहिला १७ सय ९१ अर्बको बजेट ल्याईएको थियो । यो हावादारी भयो भनेर अर्थमन्त्रालय नै केहि महिना अगाडी १५सय ५० अर्ब नागदैन भनेको अवस्थामा अहिले २ सय अर्ब थपिएर बजेट ल्याईयो त्यसले सुरुमा नै अविश्वासको बिऊ रोपेको छ ।’

प्रतिक्रिया दिनुहोस