• २०८० फाल्गुन १० गते बिहिवार

बजेट कार्यन्वयनमा समस्या छ : अध्यक्ष लिङ्देन (भिडियाे सहित)

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ १५, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले सरकारले ल्याएको बजेटमा कार्यन्वयनमा समस्या रहेको टिप्पणी गरेका छन् । सोमवार सरकारले आर्थिक वर्ष २०८०÷८१ को बजेट प्रस्तुत गरेपछि संचारकर्मीहरुसँग उनले विगतमा बजेट ल्याउने तर कार्यन्वयन भने नहुने गरेको भन्दै फेरिपनि कार्यन्वयनमा समस्या हुनसक्ने टिप्पणी गरे ।

उनले भने ‘परम्परागत छ । पहिला जसरी आउँथ्यो । त्यसैगरी आएको छ । बजेटमा जतिसुकै राम्रो कुरा राखिएपनि कार्यन्वयन पक्ष महत्वपूर्ण हुन्छ । विगतमा पनि यसरी आउँथ्यो अहिलेनी आएको छ । कार्यन्वयनमा फेरीपनि शंकाहरु छन ।’ उनले बजेटले अहिलेको आर्थिक संकटलाई सामना गर्न र देशबासीमा नयाँ आशा जगाउँन नसक्ने बताए ।

प्रतिक्रिया दिनुहोस