• २०८० फाल्गुन १० गते बिहिवार

संसदीय क्षेत्र निर्वाचन कार्यक्रमका लागि ५ करोड दिने निर्णय गलत : ज्ञानेन्द्र शाही

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ १५, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता तथा सांसद जानेन्द्र बहादुर शाहीले सांसदहरुलाई निर्वाचन क्षेत्र कार्यक्रमका लागि ५ करोड दिने सरकारको निर्णयको विरोध गरेका छन् । सरकारले आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गरेपछि संसद भवनबाट बाहिरिने क्रममा संचारकर्मीहरुसँग उनले निर्वाचन क्षेत्रमा भनेर छ्ट्याएको बजेटको दुरुपयोग हुने भन्दै सो निर्णय उपयूक्त नरहेको बताएका हुन् ।

उनले भने ‘निर्वाचन क्षेत्रमा ५ करोड सांसदलाई पार्देर मात्र भएन । त्यो कति ठाउँमा दुरुपयोग भएको छ । प्रदेश र स्थानीय सरकारको क्षेत्र भएकाले आवश्यक होईन् । आईसकेपछि म एकजनाले विरोध गरेर हुने पनि होईन् । स्थानिय सरकार नभएको भए आवश्यकता पथ्र्याे त्यो नभएपछि यो आवश्यक छैन् ।’ उनले सम्रगमा देशमा भएको आर्थिक समस्यालाई समेट्नेगरि बजेट आएको टिप्पणी गरे ।

उनले भने ‘उत्पादनको हिसाबले । समग्र जुमलाको हिसाबले ९ आयोजनाहरुको शिर्षकमा बजेट आएको छ । पछिल्लो पटक देशमा भएको आर्थिक समस्यालाई समेट्ने गरी बजेट आएको छ । यो बजेटलाई हामी विपक्ष भएता पनि यसको सवल पाटोहरु छन् । त्यसलाई कार्यन्वयन गर्ने विषयमा ध्यान दिनुपर्छ ।’

प्रतिक्रिया दिनुहोस