जेठ १५, काठमाडौं। सरकारले नेपाललाई चलचित्र विकासको क्षेत्रमा आकर्षक गन्तव्यको रुपमा विकासका गर्ने बताएको छ । सोमबार बजेट भाषणमा बोल्दै अर्थमन्त्री रामशरण महतले नेपाललाई चलचित्र प्रति आकर्षण गराउन निजी र सार्वजनिक क्षेत्रसंग मिलेर काम गर्ने उल्लेख गरे ।
‘नेपाललाई चलचित्र प्रति आकर्षक गन्तव्यको रुपमा विकास गरिने छ । सार्वजनिक निजी साझेदारीमा दोलखा र बनेपामा फिल्म सिटी इन्डोर स्टुडियो निर्माण प्रकृया अगाडि बढाईने छ ।’ उनले भने ।