• २०८० फाल्गुन १० गते बिहिवार

अयोग्य लडाकूलाई २ लाख दिने निर्णयविरूद्ध प्रधानमन्त्रीको पुत्ला दहन

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

वैशाख १६, काठमाडौं । अयोग्य लडाकूलाई जनही २–२ लाख दिने निर्णयविरूद्ध राष्ट्रिय युवा संघले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको पुत्ला दहन गरेको छ । शनिबार अपरान्ह काठमाडौंको नयाँ बानेश्वरमा दुई लाख दिन गृह मन्त्रालयको कार्यविधि खारेजीको माग राख्दै पुत्ला दहन गरेको हो ।

त्यसक्रममा उनीहरूले लडाकूको नाममा अर्बौं घोटला गर्न खोजेको भन्दै सरकारविरूद्ध नाराबाजी गरेका थिए । अयोग्य लडाकूहरूको नाममा आफ्नो राजनीतिक अभीष्ट पूरा गर्ने गरी ल्याइएको सो कार्यविधि तत्काल खारेज नगरे देशभर आन्दोलनको गर्ने चेतावनी समेत दिएका छन् ।

प्रतिक्रिया दिनुहोस