• २०८० फाल्गुन १० गते बिहिवार

प्रधानमन्त्रीले लडाकुको नाममा २० अर्ब घोटाला गरेको महेश वस्नेतको आरोप

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

वैशाख १६, काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेतले लडाकुको नाममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले २० अर्वको घोटाला गरेको आरोप लगाएका छन् । शनिबार काठमाडौंमा आयोजित राष्ट्रिय युवासंघ नेपालको ३४ औं स्थापना दिवस कार्यक्रममा उनले ७ लाख लडाकुलाई ३० लाख बनाएर २० लाख योग्य लडाकु बनाएको भन्ने प्रचण्डको अभिव्यक्ति आफुहरुसंग सुरक्षित भएको बताए ।

उनले भने ‘ हिजो लडाकुको सन्दर्भमा ७ लाख लडाकुलाई ३० लाख बनाएर २० लाख योग्य लडाकु बनायो भन्ने प्रचण्डको अभिव्यक्ति हामीसंग सुरक्षित छन् । यो अदालतको विषय बन्नु पर्छ । ७ लाखलाई २० लाख बनाउने प्रचण्डलाई हामीले ४ अर्वको मुुद्दा हालेका छौं । ४ अर्व हैन २० अर्वको घोटला भएको रहेछ । ’

उनले हिजोका दिनमा केपी शर्मा ओलीको सरकार ढाल्न अनेकौं प्रयासहरु भएको चर्चा गर्दै देशको विभिन्न तह र निकायहरुलाई एमालेको विरुद्धमा लगाएर प्रधानमन्त्री प्रचण्डले देशलाई लुटिरहेको आरोप पनि लगाए ।

प्रतिक्रिया दिनुहोस