कात्तिक ११, काठमाडाैं । नेपाली कांग्रेसले आज चियापान कार्यक्रम गर्दैछ। दसैं, तिहार, नेपाल संवत्, छठलगायत पर्वका अवसरमा कांग्रेसले चियापान गर्न लागेको हो।
कांग्रेस केन्द्रीय कार्यालयमा चियापान कार्यक्रम दिउँसो २ बजेदेखि अपराह्न ५ बजेसम्म चल्नेछ। चियापान समारोहमा कांग्रेसले विभिन्न राजनीतिक दलका नेताहरू, मन्त्रीहरू, संवैधानिक निकायका प्रमुखहरू, सांसदहरू, राष्ट्रसेवक कर्मचारीहरू, सुरक्षा निकायका प्रमुखहरू, कूटनीतिक नियोगका प्रमुखहरू लगायतलाई आमन्त्रण गरेको छ।
बिपी विसं २०३३ पुस १६ गते राष्ट्रिय एकता र मेलमिलापको नीति लिएर स्वदेश फर्किएपछि कांग्रेसले विसं २०३४ देखि चियापान सुरु गरेको हो । विसं २०३८ सम्म बिपीले यसलाई निरन्तरता दिएका थिए । त्यसपछि कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला, सुशील कोइराला हुँदै अहिले कांग्रेस सभापति शेरबहादुर देउवाले चियापान कार्यक्रमलाई निरन्तरता दिएका हुन् । कांग्रेसले बडादसँंैको अवसर पारेर हरेक वर्ष चियापान कार्यक्रम आयोजना गर्दै आएको छ ।