साउन १२, काठमाडौं । नेकपा एमाले निकट अखिल नेपाल किसान महासंघले मुलुकलाई लम्पी स्किन महामारी घोषणा गरी किसान राहत दिनु पर्ने माग गरेको छ । शुक्रबार काठमाडौंमा आयोजित अन्र्तक्रियामा एमाले नेता बागमती प्रदेशका पूर्व भौतिक पूर्वाधार मन्त्री रामेश्वर फुँयालले लम्पी स्किन प्रभावित किसानको बीमा उपलब्ध गराउनु पर्ने माग गरे ।
उनले भने ‘ लम्पी स्किनलाई महामारी घोषणा गरेर किसानलाई बीमा उपलब्ध गराउनु पर्छ, क्षतिपूर्ति र बैंक कर्जा सहजरुपमा उपलब्ध गराउनु पर्छ, यस्का लागि महासंघ आन्दोलन नै गर्न पनि तयार छ । ’ अन्तरक्रियामा नेपाल पारा भेटेरिनरी एण्ड लाइभस्टक एशोसिएसनका उपाध्यक्ष सरोज धिमालले लम्पी स्किनले नेपालमा पशुपालन तथा कृषिमा ठूलो क्षति पुर्याएको बताए ।
उनले भने ‘ लम्पी स्किन लागेपछि दूध उत्पादन घटछ, खेतिपातीमा असर पार्छ र जस्ले गर्दा मुलुकको जीडीपीमा नै असर गर्छ, राज्यले जसरी गम्भीरता देखाउनु पर्ने हो त्यसरी गम्भीरता नदेखाएकोले यस्ले ठूलो क्षति पुर्याउछ । ’