• २०८० फाल्गुन १० गते बिहिवार

रेशम चौधरीलाई परराष्ट्र मन्त्री बनाउँछन् भनेर मैले पैले नै भनेको हुँ : डा सुरेन्द्र केसी

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ १४, काठमाडौं । राजनीतिक विश्लेषक तथा अभियान्ता डाक्टर सुरेन्द्र केसीले, रेशम चौधरीले आम माफी पाउने कुरा ठुलो विषय नभएको प्रतिक्रिया दिएका छन् । बेलायतबाट फर्किएपछि संचारकर्मीसंग कुरागर्दै उनले रेशम चौधरीलाई जेलबाट निकालेर मन्त्री बनाउँछन् भनेर आफूले पहिल्यै भनेको दाबी गरे ।

उनले भने ‘यीनीहरुले रेशम चौधरीलाई त्यहाँबाट निकाल्छन् र परराष्ट्र मन्त्री बनाउँछन् । अनि अप्ताब आलमलाई निकाल्छन् र रक्षा मन्त्री बनाउँछन् भनेर मैले ३, ४ वर्ष अगाडिदेखि भनेको हो । अब यस्तो थाङनो कुरामा मैले के नै बोलीरहन पर्छ र ।’ उनले श्रीमतीलाई मन्त्री र सम्धिलाई राजदुत बनाउने देशमा अन्य कुरा गरेर समय बर्वाद गर्नु जरुरी नरहेको उनको भनाई छ ।

‘यीनीहरुले रेशम चौधरीसंग सम्झौता गरेर उनको स्वास्नीलाई त अस्तीनै मन्त्रि बनाई सकेको छ । जहाँ स्वास्नीहरुलाई मन्त्रि बनाईन्छ । अनि सम्धिहरुलाई राजदुत बनाईन्छ । त्यस्तो देशको विषयवस्तुलाई पनि राजनिति भनेर फेरी म यस्तो गुलियो मुख लिएर आएको मान्छेलाई यस्तो फोहोरी कुरा मेरो मुखबाट बक्न लगाउने हो ।’

प्रधानमन्त्रीको भारत भ्रमण पनि उपलब्धिमूलक नहुने उनको दाबी छ । प्रधानमन्त्री हुने साथ भारत जाने र उताको भारी बोकेर आउने पुरानै चलन भएको उनको टिप्पणी छ ।

प्रतिक्रिया दिनुहोस