• २०८१ फाल्गुन ७ गते बुधवार

प्रतिनिधि सभाको बैंठक १ बजे बस्दै, आर्थिक सर्वेक्षण प्रस्तुत हुने

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ १४, काठमाडाैं ।  संघीय संसद अन्तर्गत प्रतिनिधि सभाको बैठक आज(अइतवार) दिउँसो १ बजे बस्दैछ । बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक वर्ष ०७९/८० को आर्थिक सर्वेक्षण पेश गर्ने कार्यसूची रहेको छ ।

सरकारले चालू आर्थिक वर्षमा भएका गरेका प्रगति विवरण, कमजोरी तथा सुधारका उपाय पत्ता लगाउने उद्येश्यले आर्थिक सर्वेक्षण गरेको थियो । सर्वेक्षणमा विषय विज्ञ टोली सहभागि थिए । सोही सर्वेक्षण आज संसदमा प्रस्तुत हुन लागेको हो । सर्वेक्षण आगमी आर्थिक वर्षको बिनियोजित बजेटका लागि मार्गदर्शन हुनेछ ।

प्रतिक्रिया दिनुहोस