वैशाख १५, काठमाडौं । अयोग्य लडाकुलाई दुई लाख दिने सरकारको तयारीविरुद्ध राष्ट्रिय युवासंघले अर्थमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ। राष्ट्रिय युवा संघका अध्यक्ष क्षितिज थेवे नेतृत्वको राष्ट्रिय युवा संघको टोलीले अर्थमन्त्री प्रकाशशरण महतलाई ज्ञापनपत्र बुझाएका हुन्।
सुमृद्ध नेपाल सुखी नेपालीको सपना पूरा गर्ने जिम्मेवारी बोकेको राज्यसत्ताले देशको अर्थतन्त्र दिनप्रतिदिन खस्किँदै गएको, निजी क्षेत्रका उद्योग धन्दा धरासायी बन्दै गएको, महंगीले आकाश छोएको कारण जनजीवीका कष्टप्रद बन्दै गएको बेलामा लडाकु र नक्कली लडाकुहरुको नाममा विगतमा भएको घोटाला भएकोबारे युवा संघले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दायर गरेको मुद्दा विद्यमान रहेको अवस्थामा सरकारले पैसा बाँड्ने काम गर्न लागेकोप्रति आपत्ति जनाएको छ।
हेर्नुहोस विज्ञप्ती