पौष ११, संखुवासभा । राष्ट्रिय युवा संघ नेपाल संखुवासभाको नवौ अधिबेशनको प्रमुख अथितीको रुपमा नेकपा एमालेका चर्चित युवा नेता महेश बस्नेत संखुवासभा आउने भएका छन् । नेता बस्नेतसगैं राष्ट्रिय युवा संघ नेपालका केन्द्रिय अध्यक्ष क्षितिज थेबे, उपाध्यक्षहरु अमित लामा, रमेश तिवारी, कृष्णहरी केसी र सचिव पर्वत भण्डारी समेत को उपस्थिति रहनेछ ।
युवा अध्यक्ष ध्रुब खड्का (डीवान)का अनुसार यसै अधिबेशन सन्दर्भमा भोलि बिहिवार १० बजे तुम्लिङटारदेखि खादबारीसम्म बाईक र्याली तथा बजार परीक्रमा गर्दै उद्घाटन सत्र भने खादबारी नगरपालीकाको सभाहलमा हुने छ । उद्घाटन सत्र पश्चात् बन्द सत्र मार्फत ५१ सदस्यीय नया जुझारु कमिटी बन्ने छ ।
नया बन्ने अध्यक्ष पदमा युवामाझ चर्चित नेता हिल जोन्सोन राई र चैनपुर नगर कार्यपालिका सदस्य सुवास चाम्लिङ्ग राईले दावी गरेका छन् । साथै मादी नगरका याम लिम्बू धर्मदेवीका प्रदिप खुलाल बस्नेत, खादबारीका सुनिल श्रेष्ठ र मादीकै नवराज कडुवाल समेत आकांक्षी देखिएका छन् । तर नेता हिल जोन्सोन राई भने संखुवासभाली युवा आन्दोलन ले चिनेका क्रीयाशिल युवाहरूलाई समेटेर सर्वसहमत नेतृत्व चयन हुने मा बिस्वस्त रहेको बताएका छन् ।