• २०८१ चैत्र १३ गते बिहिवार

प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण: १८ गते मोदीसँग वार्ता

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ १३, काठमाडौं । जेठ १७ गतेदेखि हुने प्रधानमन्त्री पुष्ककमल दाहाल प्रचण्डको भारत भ्रमणको कार्यक्रम तालिका सार्वजनिक भएको छ ।शनिबार परराष्ट्र मन्त्रालयले जारी गरेकाे विज्ञप्ति अनुसार प्रधानमन्त्री ‘प्रचण्ड’ले जेठ १७ देखि २० गतेसम्म भारतको भ्रमण गर्ने छन्।

भ्रमणका क्रममा नेपालका प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीसँग भेट गर्ने भारतीय विदेश मन्त्रालयले निकालेको विज्ञप्तिले उल्लेख छ। उनीहरुबीच द्वीपक्षीय हितका विषयमा छलफल हुनेछ।

भ्रमणको दोस्रो दिन प्रचण्डले भारतीय समकक्षीसँग जेठ १८ गते भेटवार्ता गर्नेछन् । भारतका राष्ट्रपति द्रौपदी मुर्मीसँग शिष्टाचार भेट गर्ने कार्यक्रम पनि छ । साथै उपराष्ट्रपति जगदीप धनखरसँग पनि शिष्टाचार भेट हुनेछ ।

प्रचण्ड जेठ २० गते स्वदेश फर्किने कार्यतालिका रहेकाे परराष्ट्र मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस