• २०८२ बैशाख ५ गते शुक्रवार

वर्तमान अवस्थामा मनमोहन अधिकारीको विचारलाई निरन्तरता दिनु जरुरी : ईश्वर पाखरेल

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

बैशाख १३, काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले वर्तमान राजनीतिक अवस्थामा मनमोहन अधिकारीको विचारलाई निरन्तरता दिनु जरुरी भएको बताएका छन् । नेकपा एमालेका तत्कालीन अध्यक्ष तथा पूर्वप्रधानमन्त्री मनमोहन अधिकारीको २४ औं स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा उनले राजनीतिक अवस्था सुधारको लागि एउटा राष्ट्रिय शक्ति निमार्णको आवश्यक भएको बताए ।

उनले शक्ति निमार्णमा देशको स्वार्थलाई प्राथमिकतामा राखेर अगाडि बढ्नु पर्ने आवश्यकता पनि औल्याए । उनले भने, कम्युनिष्ट आन्दोलनको आचारसंहितामा प्रश्न उठेको समयमा मनमोहन अधिकारीको विचारलाई निरन्तरता दिनु जरुरी हुन्छ, आज हामी जुन अवस्थामा छौ, एउटा राष्ट्रिय शक्ति निमार्ण गर्नुपर्ने अवस्था छ । उक्त शक्ति निमार्ण गर्दा देशको स्वार्थलाई प्राथमिकतामा राखेर अगाडि बढ्न मनमोहन विचार आवश्यक छ ।

उपाध्यक्ष पोखरेलले राष्ट्रिय राजनीतिमा देश बनाउने र अर्कोतिर सिद्धान्तविहीन, उद्देश्य विहीन, एउटा लोकतान्त्रिक मूल्य मान्यता विपरित गठबन्धनको राजनीति भइरहेको बताए ।जुन गठबन्धनले यो मुलुकलाई धरासायी बनाउने एउटा गलत दिशातर्फ लैजाने काम गरेको अवस्थामा मनमोहन अधिकारीको विचारलाई सम्झ्न आवश्यक भएको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस