• २०८० फाल्गुन १० गते बिहिवार

८२ जनामा कोरोना संक्रमण पुष्टि, थप एक जनाको मृत्यु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

बैशाख १३, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ८२ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा १६३४ नमूना परीक्षण गर्दा थप ८२ जनामा संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार योसंगै सक्रिय संक्रमितको सङ्ख्या ३६१ पुगेको छ । त्यस्तै वितेको २४ घण्टामा कोरोना संक्रमणकै कारण थप एक जनाको ज्यान गएको छ । हाल ५ जनाको आई सी यू र १ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ भने २९ जना संस्थागत आइसोलेसनमा छन् ।

प्रतिक्रिया दिनुहोस