• २०८० फाल्गुन ८ गते मङ्गलवार

अध्यक्ष ओलीविरुद्ध नाराबाजी र ढुंगामुढा गर्ने पक्राउ परिसके : गृहमन्त्री श्रेष्ठ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

बैशाख १३, काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले एमाले अध्यक्ष केपी शर्मा ओलीविरुद्ध नाराबाजी र ढुंगामुढा गर्नेलाई पक्राउ गरिएको जानकारी गराएका छन् । बुधबार बसेको प्रतिनिधिसभा बैठकमा गृहमन्त्री श्रेष्ठले ओलीमाथि भएको आक्रमण हुनु दुःखद भएको भन्दै सो कार्यमा संलग्नमध्ये एकजनालाई प्रहरीले नियन्त्रणमा लिएको जानकारी दिए ।

उनले भने ‘एमाले अध्यक्ष केपी ओलीमाथि ढुंगामुढा गर्ने खालको घटना भएको छ । त्यसप्रति नेपाल सरकारको तर्फबाट दुःख व्यक्त गर्दछु । प्रहरीले घटनामा संलग्न एक जनालाई नियन्त्रणमा लिएको छ । ’ सो घटनाप्रति सरकारको तर्फबाट दुःख व्यक्त गर्दै गृहमन्त्री श्रेष्ठले अराजक गतिविधि गर्न कसैलाई छुट दिन नसकिने चेतावनी समेत दिए ।

प्रतिक्रिया दिनुहोस