• २०८१ जेष्ठ ३१ गते बिहिवार

प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट : एपीएफले कोशी प्रदेशलाई हरायाे

खबर24नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पौष ९, काठमाडौं । प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेटमा एपीएफले कोशी प्रदेशलाई हराएको छ । सोमबार मुलपानी मैदानमा लिग चरणको खेलमा एपीएफले कोशी प्रदेशलाई ८ विकेटले हराएको हो ।

सुरुवातमा ब्याटिङ गरेको कोशीले निर्धारित ओभरमा २ विकेट गुमाएर ८४ रन बनाएको थियो । कप्तान रुबिना क्षेत्रीले ४१ रन बनाएको इनिङ्समा काजल श्रेष्ठले नटआउट २५ रन बनाएकी थिईन् । अपसरी बेगमले १३ रनको योगदान गरेकी थिईन् । सबनम राई १ रनमा अविजित रहिन् । एपीएफकी सोनु खड्का र करुना भण्डारीले समान एक एक विकेट झारेका थिए ।

कोशीले प्रस्तुत गरेको ८५ रनको सामान्य लक्ष्य एपीएफले १७ दशमलव ३ ओभरमा मात्र २ विकेट गुमाएर पुरा गर्यो । एपीएफका लागि इन्दु वर्माले अविजित ३६ रनको योगदान गरिन् । ओपनर ज्याती पाण्डेले २४ रन बनाएको इनिङ्समा सिता राना मगरले १८ र रोमा थापाले अविजित १० रन बनाईन् । कोशीकी अलिशा खडिया र निशा साहले समान एक एक विकेट लिए ।

चौथों खेलमा आएका प्रादेशिक टिम कोशीको विजय यात्रामा ब्रेक लागेको छ । कोशीलाई हराउँदै एपीएफले चौथों खेलमा लगातार जित दर्ता गर्दै तालिकाको शीर्ष स्थानमा यथावत छ । एपीएफको ४ खेलबाट ८ अंक भएको छ । कोशीको समान खेलबाट ६ अंक भएको छ ।

प्रतिक्रिया दिनुहोस