• २०८१ चैत्र १२ गते बुधवार

तस्कर र कमिशनखोरहरु आतंकित बनेका छन् : गृहमन्त्री श्रेष्ठ

खबर२४ नेपाल पढ्न लाग्ने समय : ३ मिनेट

भदौ ८, काठमाडौं । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले, भ्रष्टाचार नियन्त्रण नभएसम्म विकास सम्भव नरहेको बताएका छन् । माओवादी केन्द्रको पार्टी प्रवेश कार्यक्रममा उनले, सुशासन कायम नगरी विकास सम्भव नरहेको तर्क गरेका हुन् ।

कमिशन खोर र उनीहरुको संरक्षणमा लागेकाहरुको निद हराम भएको उनको भनाई छ । उनलले भने ‘सुशासन कायम नगरी भ्रष्टाचार, कमिशन, तस्करी, कालाबजारी, ठगीलाई अन्त्य गरेर नयाँ वातावरण सिर्जना नगरि समृद्ध र विकासको प्रक्रिया तीव्र हुदैँन् । त्यसको लागि हामी सुशासनको बाटोमा अगाडि बढेका छौ । त्योदेखि सकेपछि जो भ्रष्टाचार, तस्करी, कमिशनखोरीमा संलग्न छन्, तीनका रक्षा गर्ने काममा संलग्न छन् तीनिहरु आतंकित बनेका छन् ।’ उनले सरकारविरुद्ध विभिन्न खाले आक्रमण भइहरेको जिकिर गरे ।

उनले भने ‘सरकारलाई एउटापछि अर्को अक्रमण गर्ने र यसको व्यवहारिक नेतृत्वलाई असफल बनाउँन र त्यसमाथि आक्रमण गर्न खनिएका छन् । आफ्नो अभियान सफल पार्न सरकार प्रतिद्ध छ त्यसमा हामी हल्लिनेवाला छैनौ । किनभने हाम्रो पार्टीको औचित्यनै त्यती बेला पूरा हुन्छ, जब यो देशलाई विकसित र समृद्ध बनाउँछौ ।’ उनले सरकार नेपाली जनतालाई नयाँ जीवन दिने बाटोमा लागेको दाबी गरे । त्यसका लागि सुशासनको सवालमा कुनै सम्झौता नगर्ने उनको अठोट छ । ‘शिक्षा, स्वास्थ्य, रोजगारी, खाद्यन्न, आवास, बाटो सबैको आवश्यकताहरु पूरा गरेर जनतालाई नयाँ जीवन दिन्छौ । जतिसुकै आक्रमण गर्ने काम होस् हामी जनताको समर्थनमा हामी लाग्ने छौ । ’ उनले भने ‘प्रधानमन्त्रीको नेतृत्वको सरकार र मेरो गृहमन्त्रीको पदको निरन्तरता र भ्रष्टाचारी, कमिशनखारी, तस्करी, कालाबजारी र ठगीको निरन्तरता साथ साथै जान सक्दैन् । हाम्रो सरकारलाई निरन्तरता दिने हो भने हामीले यो अभियान अगाडि बढाउँनै पर्छ, सुशासन स्थापित गर्न पर्छ, यसमा सम्झौता हुने छैन् ।’ उनले अहिले आफूहरुले पाँच कार्यभार पूरा गर्न कटिवद्ध भएर लागेको बताए ।

‘हाम्रो अगाडी पाँच वटा कार्यभारहरु छन्, एउटा नेपालको राष्ट्रिय सार्वभौमिकता, भौगालिक अखण्डता, स्वाधिनता, स्वाभिमान र हितको रक्षा गर्नुछ । देशलाई बचाउँनु छ । राष्ट्रिय सुरक्षालाई बलियो बनाउँनु छ । र त्यसको लागि हाम्रो रािष्ट्रय एकतालाई बलियो बनाउँनु छ । ’ मन्त्री श्रेष्ठले भने ‘दोस्रो कुरा हामीले यति धेरै संघर्ष गरेर प्राप्त गरेको राजनीतिक परिवर्तनलाई रक्षा गर्नु छ । राजनीतिक परिवर्तन गरेर लोकतन्त्रको स्थापना गरेर जनताको पक्षमा केही गरेको अनुुभूति गर्न पाएन भने यो परिवर्तनको औचित्य हुदैँन् ।’

त्यस्तै उनले लोकतन्त्रलाई माध्यम बनाएर सामाजिक आर्थिक रुपान्तरण गर्नु छ र देशलाई विकासको बाटोमा लानु अर्को कार्यभर भएको बताए । ‘आर्थिक क्रान्ति, सामाजिक रुपान्तरण गर्ने हाम्रो मुख्य काम हो । शान्तिप्रक्रियाको काम पूरा गर्नुपर्ने छ । संक्रमणकालिन न्यायको काम पूरा गर्ने हो, सत्य निरुपण तथा मेलमिलाप आयोग र वेपत्ता छानविन आयोगको काम पूरा गर्न बाँकी छ। त्यो भए मात्रै शान्तिप्रक्रिया पूरा हुन्छ त्यसको लागि हामी प्रतिवद्ध छौ । ’ उनले भने ।

प्रतिक्रिया दिनुहोस