• २०८१ चैत्र १० गते सोमवार

प्रमुख निर्वाचन आयुक्तलाई भेटेर सभामुखद्वारा शोक व्यक्त

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असार १०, काठमाडौं । सभामुख देवराज घिमिरेले मातृशोकमा रहनुभएका प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाको परिवारलाई भेटेर शोक व्यक्त गरेका छन् ।थपलियाको परिवारलाई आइतबार काठमाडौं– ३२ स्थित नरेफाँटमा रहेको कोटदेवी मनोहरा विद्यानगर किरियापुत्री भवनमा पुगेर सभामुखले शोक व्यक्त गरेका हुन् । सभामुखले स्व. थपलियाको आत्माको चिरशान्तिको कामना गर्दै तस्बिरमा पुष्पगुच्छा अर्पण गरेको उनको सचिवालयले जनाएको छ ।

शोक व्यक्त गर्न सभामुखसहित प्रतिनिधि सभाका सचिव पद्मप्रसाद पाण्डेय पनि किरियापुत्री भवन पुगेका थिए । थपलियाकी आमा डम्बरकुमारी थपलियाको गत असार १ गते काठमाडौंमा निधन भएको थियो । उहाँका तीन छोरा, चार छोरी छन् ।

प्रतिक्रिया दिनुहोस