• २०८० फाल्गुन २१ गते सोमवार

पहिरोले नारायणघाट-मुग्लिन सडक अवरूद्ध

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ ७, काठमाडौं । लगातारको वर्षापछि आएको पहिरोले नारायणघाट-मुग्लिन सडक अवरूद्ध भएको छ। नारायणघाट-मुग्लिन सडक खण्ड अन्तर्गत चितवनको इच्छाकामना गाउँपालिकाको नाम्सी पुलनजिकै पहिरो खसेपछि सडक आज बिहानदेखि अवरूद्ध भएको हो।

फाइल फाेटाे

सडक डिभिजन कार्यालय भरतपुरका इन्जिनियर चण्डेश्वर शाहका अनुसार पहिरो सडकमा थुपरिएको छ। अहिले पहिरो हटाउने काम भइरहेको छ। पहिरो गएपछि सवारी साधनहरू बीचमै रोकिएका छन्।

प्रतिक्रिया दिनुहोस