• २०८१ भाद्र २४ गते सोमवार

साफ च्याम्पियनसिप : नेपाल र भारतबीच खेल सुरु हुँदै,नेपाली टोलीमा तीन परिवर्तन

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असार ९, काठमाडौं । साफ च्याम्पियनसिपमा नेपालले अहिले केही बेरमा घरेलु टोली भारतसँग खेल्दैछ । पहिलो खेल आमन्त्रित टोली कुवेतसँग ३–१ ले गुमाएको नेपालले भारतसँगको खेल जित्नै पर्ने दबाबमा छ ।

भारतको बैंगलोरमा जारी साफ च्याम्प्यिनसिप अन्तर्गत आयोजक टोलीविरुद्धको खेलमा नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक भिन्सन्जो अल्बर्टो एनिसले तीन परिवर्तन विमल घर्तीमगर, देबेन्द्र तामाङ र आयुष घलानलाई सुरुदेखि मैदानमा उतार्ने भएका छन् । मुख्य प्रशिक्षक एनिसले कुवेतविरुद्धको खेलमा मैदानमा उत्रिएका बिमल पाण्डे, पुजन उपरकोटी र नवयुग श्रेष्ठलाई सुरुवाती विश्राम दिएका छन् । यस अघि आज भएको समूह एको खेलमा कुवेतले पाकिस्तानलाई ४–० को फराकिलो अन्तरले पराजित गरेको छ ।

यस्तै आफ्नो पहिलो खेलमा डिफेन्डिङ च्याम्पियन भारतले पनि पाकिस्तानलाई ४–० ले नै हराएको थियो । नेपाल साफ च्याम्पियनसिपको साविक उपविजेता हो ।

प्रतिक्रिया दिनुहोस