• २०८१ जेष्ठ ६ गते आइतवार

संसदमा चन्द्र भण्डारीको सम्बोधन- मलाई सहयोग गर्ने रकम अस्पताल बनाउन प्रयाेग गरियाेस्

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ १०, काठमाडाैँ । आगलागीको घटनापछि स्वास्थ्यलाभ गर्दै गरेका कांग्रेसका सांसद डा. चन्द्र भण्डारीले आफ्नो उपचारमा सहयोग गरेकोमा सम्मान व्यक्त गर्दै सरकारले दिने सहयोग हस्पिटल बनाउनमा प्रयोग गर्न आग्रह गरेका छन् ।

गत ३ पुसमा भएको एलपी ग्यास विस्फोटबा भएको आगलागीमा परेर भारतमा उपचार गरेका भण्डारीले उपचारपछि बुधबार पहिलोपटक प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै सरकारले दिने सहयोग हस्पिटल बनाउनमा प्रयोग होस् भनेका छन् ।

‘म कीर्तिपुरबाट जाँदा निदाएको थिएँ । बम्बईमा सात दिनपछि ब्यूँझिएँ । ब्यूँझँदा धेरै साथीहरूले सहयोग गरेको पाएँ, त्यो सहयोगको सम्मान गर्दै सरकारले दिने सहयोग हस्पिटल बनाउनमा प्रयोग होस्,’ उनले संसदमा भने ।

सो घटनापछि सरकारले भण्डारीको उपचार खर्च व्यहोर्ने निर्णय गरेको थियो । उनले आफूलाई सहयोग गर्ने रकम अस्पताल बनाउन प्रयोग गर्न आग्रह गरेका हुन् ।

आफूले व्यहोरेका घटनाबाट गत वर्ष ११० जनाले मृत्युवरण गरेका र अहिलेको वर्षमा आफ्नी आमा थपिँदा १११ जना पुगेको बताउँदै उनले गाउँगाउँमा पुगेको विजुली र ग्याँस प्रयोगबारे पाठ्यपुस्तकमा राख्नुपर्ने बताए । नेपालमा दक्ष चिकित्सक धेरै रहेका जानकारी गराउँदै उनले क्षमता भएकाले अवसर नपाएको बबताए ।

https://fb.watch/kJJqBd2gV6/

प्रतिक्रिया दिनुहोस