• २०८१ कार्तिक १९ गते सोमवार

मन्त्रिपरिषद् बैठक बस्दै

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ १०, काठमाडौं । संघीय सरकारको मन्त्रिपरिषद् बैठक आज बस्दैछ। नवनियुक्त मन्त्रीहरुको पद तथा गोपनियताका सपथ ग्रहण अघि मन्त्रीपरिषद बैठक बोलाईएको हो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बिहान ८ः३० बजेका लागि मन्त्रीपरिषद बैठक बोलाएका हुन् । प्रधानमन्त्री प्रचण्डको सचिवालयका अनुसार नियमित कार्यसूचीमाथि छलफल गर्न बैठक बिहानै बोलाईएको हो ।

नवनियुक्त वन तथा वातावरण मन्त्री वीरेन्द्र प्रसाद महतो र शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्रीमा प्रमीला कुमारी यादवको पद तथा गोपनियताको सपथ ग्रहण १० बजे हुनेछ ।

प्रतिक्रिया दिनुहोस