• २०७९ माघ २४ गते मङ्गलवार

सेनाका जवान गेष्ट हाउसमा  मृत फेला

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

माघ १०, काठमाडौं । नेपाली सेनाका जवान काठमाडौंको एक गेष्ट हाउसमा मृत फेला परेका छन् । रणभैरव गणमा कार्यरत नेपाली सेनाका जवान विनय कार्की बालाजुस्थित रसुवा गंगाजल गेष्ट हाउसमा मंगलबार बिहान मृत भेटिएका हुन् ।

नेपाली सेनाका प्रवक्ता कृष्णप्रसाद भण्डारीका अनुसार उनी गणबाट सोमबार हिँडेका थिए । मंगलबार बिहान गेष्ट हाउसको कोठा नम्बर १०२ मा उनी झुन्डिएको अवस्थामा मृत भेटिएको प्रहरीले जनाएको छ ।

उनको घर पाल्पा रैनादेवी छहरा हो । उनको हत्या हो या आत्महत्या अनुसन्धान भइरहेको प्रवक्ता भण्डारीले बताए । उनको शव पोष्टमार्टमका लागि शिक्षण अस्पताल महराजगञ्ज लगिएको छ ।

प्रतिक्रिया दिनुहोस