• २०८१ चैत्र १० गते सोमवार

मनोज पाण्डे मानव बेचबिखन तथा बाल यौन दुर्व्यवहारमा दोषी ठहर

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

माघ १०, काठमाडौं। जिल्ला अदालत काठमाडौंले सौन्दर्य प्रतियोगितामा सहभागी बालिकामाथि मानव बेचबिखन र यौन दुराचार गरेको आरोपमा ब्युटी पेजेन्टका सञ्चालक मनोज पाण्डेलाई अदालतले दोषी ठहर गरेको छ । मंगलबार जिल्ला न्यायाधीश दीपक खनालको इजलासले मनोज पाण्डेविरूद्ध सरकारी वकिलले लगाएको अभियोग दाबी पुग्ने भन्दै फैसला गरेका हुन् ।

पाण्डेलाई बाल यौन दुराचारमा ६ महिना कैद र ५० हजार जरिवाना सुनाएको छ । मानव बेचबिचन कसुरमा भने दोषी ठहर गरेको छ । उनलाई सजाय निर्धारण गर्न माघ २३ गतेलाई पेशी तोकेको छ। तीन वर्षभन्दा बढी कैद सजाय हुने मुद्दामा दोषी ठहर भए पनि सजाय निर्धारण गर्न अर्को सुनुवाइ हुने गर्छ।

मोडल ग्लोबल भिसाज कन्सल्टेन्सीका सञ्चालक पाण्डेमाथि आठ वर्षअघि एक किशोरीलाई बलात्कार गरेको आरोप लागेको थियो । पाण्डेमाथि मिस ग्लोबल इन्टरनेसनलमा भाग लिएकी १६ वर्षीया किशोरीलाई आमाबुवाको अनुमतिबिना एउटा ठाउँ भनी अर्को ठाउँ बोलाएर बलात्कार गरेको र अरूलाई समेत बलात्कार गर्न लगाएको भन्दै सरकारी वकिलले मानव बेचबिखन र बाल यौन दुराचार मुद्दा लगाएको थियो ।

मनोज पाण्डेलाई थुनामा पठाउने जिल्ला अदालतको आदेश उच्चबाट पनि सदर

सौन्दर्य प्रतियोगिताको आडमा बलात्कार प्रकरण : मनोज पाण्डे पुर्पक्षका लागि जेल चलान

मनोज पाण्डेविरूद्ध जिल्ला अदालतमा मुद्दा दायर

ब्युटी प्याजेन्ट बलात्कार घटनाः कन्सल्टेन्सी सञ्चालक मनोज पाण्डे पक्राउ

प्रतिक्रिया दिनुहोस