• २०७९ माघ २५ गते बुधवार

बाजुरा केन्द्रबिन्दु बनाएर ५.९ म्याग्नेच्युडको भूकम्प

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

माघ १०, बाजुरा । मंगलबार दिउँसो बाजुरा केन्द्रबिन्दु बनाएर भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार दिउँसो २ बजेर ४३ मिनेटमा बाजुराको मेला भन्ने स्थानमा केन्द्रबिन्दु बनाएर ५.९ म्याग्नेच्युडको भूकम्प गएको हो।

भूकम्पको धक्का सुदूरपश्चिमसहित कर्णाली र लुम्बिनी प्रदेशमा समेत महशुस गरिएको छ। भूकम्पको धक्काले केही जिल्लाहरुको घरमा क्षति पुगेको छ ।

प्रतिक्रिया दिनुहोस