• २०८२ बैशाख ४ गते बिहिवार

एकीकृत समाजवादीको सचिवालय बैठक आज पनि बस्ने

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पुस ६, काठमाडौँ  ।  नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय सचिवालय बैठक आज पनि बस्ने भएको छ । पुस २ र ३ गते लगातार दुई दिन बसेको सचिवालय बैठकले पार्टीको महाधिवेशन मिति तय गर्नेदेखि विधान संशोधन मस्यौदामाथि छलफल गर्दै आएको छ । महाधिवेशन केन्द्रित विधान संशोधन, विधि, संरचना लगायतका बारेमा छलफल भइरहेको बताइए पनि सचिवालयले यी विषयलाई टुङ्ग्याउन सकेको छैन ।

तीन गते बसेको सचिवालय बैठकले पूर्व निर्धारित केन्द्रीय परिषद् बैठक र अधिवेशनहरू स्थगित गर्ने निर्णय गरेका थियो । आज ११ बजेपछि बस्ने गरी स्थगित बैठक पार्टी कार्यालय आलोकनगरमा बस्दै छ ।

आजको बैठकमा पार्टीको तीन सदस्यीय मस्यौदा समितिले पेस गरेको विधानमाथि छलफल जारी रहने उपमहासचिव एवं प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस