• २०८० मङ्सिर १९ गते मङ्गलवार

क्यानको सचिवमा पूर्वकप्तान पारस खड्का निर्वाचित

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज ६, काठमाडौँ । नेपाल क्रिकेट सङ्घ क्यानको सचिव पदमा पूर्वकप्तान पारस खड्का निर्वाचित भएका छन् । क्यानको आज भएको निर्वाचनमा प्रशान्तविक्रम मल्ललाई पराजित गर्दै पूर्वकप्तान खड्का सचिव पदमा निर्वाचित भएका हुन् ।

कुल ८५ मतदाता रहेकामा पारसले ४८ र प्रशान्तले ३७ मत पाए । सङ्घको उपाध्यक्षमा रोशन सिंह र कोषाध्यक्षमा कर्णाली प्रदेश क्रिकेट सङ्घका अध्यक्ष पद्म खड्का निर्विरोध निर्वाचित भए । महिला सदस्यमा जयन्ती भट्ट निर्विरोध निर्वाचित भइन् ।

सदस्य पदमा लुम्बिनी प्रदेशबाट प्रदीप मजगैँया र कर्णालीका श्रीधर केसी पनि सर्वसम्मत चयन भएका छन् ।

प्रतिक्रिया दिनुहोस