असोज ६, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र चिनियाँ राष्ट्रपति सि जिनपिङबीच भेटवार्ता भएको छ । शनिबार बिहान अमेरिकाबाट चीनपुगेकाकाप्रधानमन्त्री प्रचण्ड र चिनियाँ राष्ट्रपति सिबीच हाङआजोमा भेटवार्ता शुरु भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
भेटवार्ताका एजेण्डा भने जानकारी गराइएको छैन । तर नेपालले भौतिक पूर्वाधारलगायत विभिन्न दुई पक्षीय हितका विषयमा छलफल हुने बताइएको छ । भेटवार्तापछि आजै १९ औँ एसियाली खेलकुदको उदघाटन समारोहमा सहभागी हुने कार्यक्रम छ ।