• २०८० मङ्सिर १९ गते मङ्गलवार

बझाङमा खुकुरी प्रहार गरी एकजनाकाे हत्या

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असाेज ६, बझाङ । बझाङमा एक जनाको खुकुरी प्रहार गरी हत्या भएको छ । छबिसपाथिभेरा गाउँपालिका–७ घट्टेका करिब ६० वर्षीय जैलु मण्डेलको सोही ठाउँका करिब ५५ वर्षीय बिजुली मण्डेलले खुकुरी प्रहार गरी हत्या गरेकाे प्रहरीले जनाएकाे छ ।

प्रहरीका अनुसार अनुसार बिजुली शुक्रबार साँझ साढे ७ बजे हत्या गरी फरार भएका छन् । ‘सामान्य विवाद हुँदा बिजुलीले जैलुको घरमै गएर खुकुरी प्रहार गरी हत्या गरेको जानकरी दिए। प्रहरीका अनुसार आरोपीको खोजी कार्य भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस