• २०८१ असार ३ गते आइतवार

बोलेरो जीपबाट खसेर बालकको मृत्यु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज ६, लमजुङ । लमजुङको बेसीशहर न,पा–३ गाउँशहरबाट बेसीशहर-२ गैह्रीतर्फ जार्दै गरेको ग १ ज ७१०१ नम्बरको बोलेरो जीपबाट खसेर बालकको मृत्यु भएको छ। गुडिरहेको बोलेरो जीपकाे पछाडि झुण्डिन पुगेका गाउँशहर मिलनटोलका ६ बर्षिय उज्वल विकको जीपबाट खसेर मृत्यु भएको हो ।

शुक्रबार दिउँसो करिब ४ बजे जीपबाट खसेर गम्भिर घाइते भएका विकलाई उपचारका लागी अटोमार्फत लमजुङ अस्पताल ल्याइएको भए पनि अस्पतालका डाक्टरले उनलाई मृत घोषणा गरेका थिए । चालक बेसीशहर– ३ का अन्दाजी २३ बर्षिय सन्देश बोहोरा र बोलेरो जीप प्रहरीको नियन्त्रणमा रहेको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस