• २०८० मङ्सिर १९ गते मङ्गलवार

पूर्वमन्त्री खेमराज भट्ट ‘मायालु’को निधन

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज ५, काठमाडौं। नेकपा माओवादी केन्द्रका केन्द्रीय सल्लाहाकार खेमराज भट्टको निधन भएको छ। बर्दिया निवासी पूर्व मन्त्रिसमेत रहेका मायालुको आज बिहान निधन भएको हो ।

पूर्वमन्त्री भट्ट काठमाडौँको वीर अस्पतालमा उपचाररत थिए । उनी क्यान्सर रोगबाट पीडित थिए । डडेलधुरामा जन्मिएका गणतन्त्रका लागि आवाज उठाउने अग्रणी नेताहरुमध्ये एक हुन । २०५६ सालको आम चुनावमा नेपाली कांग्रेसबाट प्रतिनिधि सभामा निर्वाचित भएका उहाँ केही समय सामान्य प्रशासन मन्त्रीसमेत भएका थिए ।

रामराजाप्रसाद सिंह नेतृत्त्वको जनवादी मोर्चाले गणतन्त्र नेपालको लक्ष्य राखेर २०४२ साल असारमा नारायणहिटी र सिंहदरबारजस्ता ठाउँमा बम विस्फाेट गराएको थियो । उनी त्यतिबेला जनवादी मोर्चाको उपाध्यक्ष थिए । जनवादी मोर्चाबाट उनि नेपाली कांग्रेस प्रवेश गरेका थिए ।

पञ्चायती व्यवस्था विरुद्धको आन्दोलनका क्रममा उनि पटक-पटक जेलसमेत परेका थिए । २०७० सालमा नेपाली कांग्रेस त्यागेर भट्ट माओवादीमा प्रवेश गरेका थिए । उनि पछिल्लो समय उहाँ नेकपा माओवादी केन्द्रको केन्द्रीय सल्लाहकार थिए ।

प्रतिक्रिया दिनुहोस