• २०८० मङ्सिर १९ गते मङ्गलवार

बाँकेको बाल गृहमा झडप ह्दाँ एक जनाको मृत्यु, दर्जन बढी घाइते

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज ५, बाँके। बाँकेको एक बाल सुधार गृहमा झडप हुदाँ एकजनाको मृत्यु भएको छ । डुडुवा गाउँपालिका–६ आसमानपुरस्थित जयेन्दु बाल सुधार गृहमा गत राती झडप हुदाँ एकजनाको मृत्यु भएको हो ।

झडपमा परी दर्जन बढी घाइते भएका छन । प्रमुख जिल्ला अधिकारी विपिन आर्चायका अनुसधार गृहमा रहेकाहरू बीच दुई समूहमा विभाजन भई झडप भए पछि १ जनाको मृत्यु भएको हो । उनको उपचारको क्रममा मृत्यु भएको हो ।

कञ्चन गाउँपालिका–४ रूपन्देहीका सुलभ केसीको मृत्यु भएको बताइएको छ। उनी अपहरण, शरीरबन्धक र जबरजस्ती करणी कसुरमा सुधार गृहमा थिए। झडपमा १० जनाको अवस्था गम्भीर रहेको छ। घाइतेहरूको नेपालगन्ज शिक्षण अस्पतालमा उपचार भइरहेको छ।

प्रतिक्रिया दिनुहोस