• २०८१ असार ३ गते आइतवार

कार्टुनका नाममा प्रधानमन्त्रीमाथि भद्दा मजाक गरिएको भन्दै पूर्वमन्त्रीको आपत्ति

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ ५, काठमाडौं । नेकपा एमालेका सांसद पूर्वमन्त्री विमला राई पौडेलले, प्रधानमन्त्रीहरुमाथि भद्दा मजाक गरिएको भन्दै आपत्ति जनाएकी छिन् । आजको राष्ट्रिय सभाको बैठकमा उनले, संचारमाध्यमले कार्टुन बनाएर पूर्व प्रधानमन्त्री माथि मद्दा मजाक गरेको भन्दै स्वतन्त्रताका नाममा अराजकता मच्चिएको बताए ।

‘यसमा अहिलेका प्रधानमन्त्री र पूर्व दुईजना पूर्व प्रधानमन्त्रीहरुलाई महिलाको भेषमा देखाएर उनिहरुको पेटलाई प्रधानमन्त्रीहरु जन्माउँने पाठेघरको रुपमा प्रस्तुत गरिएको छ । जुन प्रक्रियाबाट उहाँ संसारमा हुनुहुन्छ त्यसलाई नै प्रयोग गरेर राजनीतिक व्यङ्ग्या गर्नु घृणाको विषय हो यसमा हाम्रो सञ्चारमन्त्रीको ध्यानाकर्षण गराउँन चहान्छु ।’ उनले भनिन् ‘अहिले हेर्दा बजारमा कामना भन्ने चलचित्र तथा कला सम्बन्धी मासिक पत्रिका आएको छ यसले गाईजात्राको उपयोग महिलाको प्रजनन् क्षमतामा प्रहार गर्ने अवसरको रुपमा लिएको छ ।’

उनले प्रधानमन्त्री भइसकेका व्यक्तिमाथि गरिएको मजाकलाई सामान्य रुपमा लिन नहुने भन्दै सञ्चारमन्त्रीको ध्यानाकर्षण गराइन् । ‘यसमा अहिलेका प्रधानमन्त्री र पूर्व दुईजना प्रधानमन्त्रीहरलाई महिलाको भेषमा देखाएर उनिहरुको पेटलाई प्रधानमन्त्रीहरु जन्माउँने पाठेघरको रुपमा प्रस्तुत गरिएको छ ।’ उनले भनिन् ‘जुन प्रक्रियाबाट उहाँ संसारमा हुनुहुन्छ त्यसलाई नै प्रयोग गरेर राजनीतिक व्यङ्ग्या गर्नु घुणाको विषय हो यसमा हाम्रो सञ्चारमन्त्रीको ध्यानाकर्षण गराउँन चहान्छु । छापिएको पत्रिका हटाउँने, कपि पनि मेटाउँने र उक्त प्रकाशकलाई कारबाहीको माग गर्न चाहान्छु । ’

प्रतिक्रिया दिनुहोस