• २०८० फाल्गुन १० गते बिहिवार

आचरणविपरीत काम गर्ने सशस्त्र प्रहरी निरीक्षकको तीन वर्ष बढुवा रोक्का

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ ८, काठमाडौं । आचरणविपरीत काम गर्ने एक सशस्त्र प्रहरी निरीक्षकलाई सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालयले कारबाही गरेको छ। सशस्त्र प्रहरी निरीक्षक रामचन्द्र खड्कालाई तीन वर्ष बढुवा रोक्का गरिएको डिएसपी एवं सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए।

सशस्त्र प्रहरी बल, नेपाल नं. ११ गण रौतहटमा कार्यरत उनलाई सशस्त्र प्रहरी नियमावली २०७२ को परिच्छेद १३को नियम ११२ को उपनियम (१) को खण्ड (ख) अनुसारको कसुरमा ऐ. नियमावलीको नियम ११५ को उपनियम (१) को देहाय (६) (ख) ले दिएको अधिकार प्रयोग गरी ऐ. नियमावलीको नियम ११० को खण्ड (क) (५) बमोजिम कारबाही गरिएको हो।

उनलाई २०८० जेठ ८ गतेदेखि लागू हुने गरी ३ (तीन) वर्ष बढुवा रोक्काको कारबाही गरिएको जनाइएको छ।

प्रतिक्रिया दिनुहोस