जेठ ८, सुनसरी । सुनसरीबाट एक थान स्वचालित पेस्तोलसहित दुईजना पक्राउ परेका छन् । स्वचालित पेस्तोलसहित धरान उपमहानगरपालिका–१० मयुरपथ बस्ने ३५ वर्षीय राजेश लिम्बू र वडा–५ देउराली बस्ने २५ वर्षीय कुमार भण्डारी पक्राउ परेका हुन् ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार एक साताअघि पक्राउ परेकाहरुले दिएको बयानको आधारमा खोजतलास गर्दा लिम्बू र भण्डारी पेस्तोलसहित पक्राउ परेका हुन । धरान–८ स्थित भण्डारी सचालक रहेको जनता ग्यारेजमा लुकाइराखेको अवस्थामा मेडइन यूएसए लेखिएको पेस्तोल बरामद भएको बताइएको छ । यस विषयमा थप अनुसन्धान भइरहेको सुनसरी प्रहरीले जनाएको छ ।