• २०७९ माघ २५ गते बुधवार

अमेरिकी अन्तरिक्ष यात्री बज एल्ड्रिनको शुक्रबार ९३ वर्षको उमेरमा चौथो विवाह

एजेन्सी पढ्न लाग्ने समय : १ मिनेट

माघ ८, काठमाडौं । अमेरिकी अन्तरिक्ष यात्री बज एल्ड्रिनले शुक्रबार ९३ वर्षको उमेरमा चौथो विवाह गरेका छन् । उनकी श्रीमती डा. आन्का फर ६३ वर्षकी भइन् । एल्ड्रिन आफैले ट्विटरमा यो जानकारी दिए। उनले लेखेका छन्, ‘घरबाट भागेर विवाह गर्ने किशोरकिशोरीजस्तै हामी दुवै उत्साहित छौं ।’

नील आर्मस्ट्रङ र बज एल्ड्रिन सन् १९६९ मा अपोलो ११ मिसन अन्तर्गत चन्द्रमामा गएका थिए । चन्द्रमामा अवतरण गर्ने पहिलो व्यक्ति नील आर्मस्ट्रङ थिए । उनको १९ मिनेटपछि बज एल्ड्रिनले चन्द्रमामा पाइला राखेका थिए ।

विवाहको ९३ औं जन्मदिनको अवसरमा बज एल्ड्रिनले विवाहपछि पत्नी आन्कासँगको तस्बिर ट्विटरमा सेयर गरेका छन् । उनले लेखेका छन्, ‘मेरो ९३औँ जन्मदिनको अवसरमा यो जानकारी गराउन पाउँदा खुसी लागेको छ कि मैले मेरो प्यारो डा. आन्का फरसँग विवाह गरेको छु । हामीले लस एन्जलसमा एउटा सानो समारोहमा विवाह गर्यौं।’

प्रतिक्रिया दिनुहोस