• २०७९ माघ २५ गते बुधवार

अमेरिकाका राष्ट्रपति बाइडेनको घरमा एफबीआईको छापा

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

माघ ८, डेलावेयर। अमेरिकाका राष्ट्रपति जो बाइडनको निवासमा एफबीआईले छापा मारेको छ । डेलावेयरस्थित वाइडेनको घरमा १३ घन्टासम्म चामा मारिएको र गोप्य सरकारी दस्ताबेजहरू जफत गरिएको एपीले जनाएको छ ।

राष्ट्रपतिको घरबाट थप ६ वटा गोप्य कागजातहरू फेला पारेको वाइडेनका वकिलले जानकारी दिएका हुन् । बाइडेनको आफ्नै हातले लेखिएको नोट र वरपरका केही सामग्रीहरू पनि जफत गरिएको वकिल बब बोवरले एपीसँग भने। बाइडनने अनुसन्धानलाई पूर्ण सहयोग गर्ने भन्दै न्याय विभागलाई आफ्नो घरमा अनुसन्धान गर्न अनुमति दिएका थिए । तर यो अनुसन्धानको समयमा राष्ट्रपति वाइडेन र प्रथम महिला घरमा उपस्थित थिएनन् ।

टोलीले यी कागजात प्राप्त हुनेबित्तिकै राष्ट्रिय अभिलेखालय र न्याय मन्त्रालयलाई बुझाएको बताएको छ । जफत भएका कागजात के गर्ने भन्ने विषयमा अनुसन्धान गर्न विशेष काउन्सिल रोबर्ट हेरलाई नियुक्त गरिएको थियो । पूर्व राष्ट्रपति ट्रम्प पनि अमेरिकी न्याय मन्त्रालयको छानबिनको दायरामा छन् ।

प्रतिक्रिया दिनुहोस