• २०८२ बैशाख ७ गते आइतवार

विश्वकप फुटबल छनोट : यमनसँग नेपालको हार

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर ५, काठमाडौं ।फिफा विश्वकप २०२६ अन्तर्गत एसिया छनोटको दोस्रो चरणमा समूह ‘एच’ को खेलमा नेपालले लगातार दोस्रो खेलमा पराजय भोगेको छ। मंगलबार राति दशरथ रंगशालामा भएको खेलमा नेपालले यमनसँग २-० गोलको पराजय भोगेको हो।

यमनका लागि सब्सिच्युट खेलाडी ओमर अब्दुल्लाहले ७२ मिनेटमा पहिलो गोल गरे। उनले डिबक्स बाहिरबाट नेपाली डिफेन्डरलाई छक्काउँदै गरेको प्रहारलाई नेपालका गोलकिपर तथा कप्तान किरणकुमार लिम्बुले रोक्न सकेनन्। खेलको अन्तिम मिनेटमा अब्दुल्लाह अल दाहीले यमनको अग्रता दोब्बर पारे। दोस्रो हाफमा नेपालका हिसुब थपलियाले गोल गर्ने अवसर पाए पनि उनको प्रहारलाई यमनका गोलकिपरले रोकेका थिए।

प्रतिक्रिया दिनुहोस