• २०८१ चैत्र ३ गते सोमवार

बढ्यो सुनचाँदीको मूल्य

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर ५, काठमाडौँ ।  नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्य बढेको छ । आज सुनको मूल्य प्रतितोला ५ सयले बढेको हाे ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा १ लाख १६ हजार ५०० रुपैयाँ छ । हिजो छापावाल सुनको मूल्य तोलामा १ लाख १५ हजार ७०० रुपैयाँ थियो । यस्तै, आज तेजाबी सुनको मूल्य तोलामा १ लाख १५ हजार ६५० रुपैयाँ छ ।

साथै, चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँले बढेर १४ सय ५५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस